Logo

‘चीनलाई खुशी पार्न’ प्रचण्डको तारोमा एमसीसी



काठमाडौं, २५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी महाधिवेशनमा स्पष्ट रुपमा अमेरिकाको आलोचना गरेका थिए । उनले अमेरिकाको सैन्य रणनीति देखि दक्षिण एशियामा उसको गतिविधिमाथि प्रश्न गरेका थिए ।

राजनीतिक प्रतिवेदनमा अमेरिकाको विरोध गर्नु अघि नै प्रचण्डले एमसीसीलाई २९ सेप्टेम्बर २०२१ मा पत्र लेखेको खुलिसकेको छ । उक्त पत्र प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त रुपमा लेखेर एमसीसीका लागि पाँच महिनाको समयसीमा मागेको उल्लेख रहेको छ ।

देउवाले एमसीसी २८ फेब्रुअरी अगावै पारित गर्न लागेपछि प्रचण्ड यसलाई चुनावपछि धकेल्न लागे । देउवा नमानेपछि प्रचण्डको दोहोरो चरित्रबारे चर्चा हुनथाल्यो । त्यसपछि पार्टीको विज्ञप्ति जारी गरी पत्र लेख्नुलाई रणनीतिक रहेको सन्देश दिन खोजे । गठबन्धन जोगाउन यसो गरेको उल्लेख गरे ।

वास्तवमा प्रचण्ड एमसीसीको पक्षमा छैनन् । उनले कहिले संशोधन त कहिले चुनाव पछि भन्दै टार्न खोजे । एमसीसी अमेरिकाको ५० करोड सहयोग परियोजना हो । यो ऊर्जा र ट्रान्समिसन लाइनसँग सम्बन्धित छ । विद्युत व्यापारमा नेपाललाई सजिलो हुने गरी एमसीसी आएको हो । यसबाट भारतसँग नेपालको विद्युत व्यापारको मार्ग प्रशस्त हुन्छ । भारतलाई पनि एमसीसीले फाइदा हुने देखिन्छ ।

प्रचण्ड र उनको दल चीनसँग निकै नजिक छ । नेकपा हुँदा प्रचण्डकै अग्रसरतामा चिनियाँ कम्युनिस्ट पार्टीसँग संयुक्त प्रशिक्षण पनि चल्यो । माओवादीका नेताहरुको चीनसँगको आवतजावत बाक्लो छ । वर्षमान पुनले चीनमै उपचार गरे । माओवादीभित्र चिनियाँ प्रभावको असर एमालेमा पनि गरेको छ ।

चीन एमसीसी चाहँदैन भन्ने स्पष्ट भइसकेको छ । एमसीसी आउनु भनेको अमेरिका भारतसँग मिलेर नेपालमा प्रभावशाली हुनु हो भन्ने बुझाई चीनको देखिन्छ । त्यसैले प्रचण्डमार्फत् उसले एमसीसी रोक्न खोजेको छ । एमसीसी यसकारण पनि प्रचण्डको तारोमा परेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot