Logo

त्रिविको गेटमा तालामाथि अर्को ताला



काठमाडौं, माघ २४ । त्रिभुवन विश्वविद्यालयको पदाधिकारीको मूल गेटमा तालाबन्दी भएको झन्डै तीन सातापछि फेरि अर्को ताला थपिएको छ । अघिल्लोपटक माघ ६ गते सरकार आबद्ध नेपाल विद्यार्थी संघ त्रिवि कमिटीले लगाएको थियो । बिदाको दिन आंशिक प्राध्यापकले त्यही तालामाथि अर्को ताला थपेका छन् ।

लगातार लाताबन्दीका कारण त्रिविको आर्थिक, प्रशासनिक र प्राज्ञिक काम ठप्प भइरहँदा उपल्लो निकायका अधिकारीले त्रिवि पदाधिकारीका कुनै कुरा सुनेका छैनन् । लगातार तालाबन्दी भएपछि त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रेक्टर प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसाल केही दिन अघि त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग कुराकानी गरेका थिए ।

लगातार तालाबन्दीका कारण त्रिवि अस्तव्यस्त भएको विषयमा जानकारी गराउँदा पनि ताला खोल्ने विषयमा कुनै चासो नदेखाएको पदाधिकारीको गुनासो रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्