Logo

कर्णाली प्रदेश लोकसेवाले खुलायो विज्ञापन



काठमाडौं, माघ २५ । कर्णाली प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा चौथो तहका लागि दरखास्त आह्वान गरेको छ। आयोगले तीन सय ७३ जना कर्मचारी स्थायी पदपूर्तिका लागि माग गरेको हो ।

आयोगले सहायक प्रशासन, प्राविधिक (इन्जिनियरिङ र कृषि), महिला विकास र स्वास्थ्यतर्फ कर्मचारी माग गरेको छ । सहायक प्रशासनतर्फ ६५, प्राविधिक इन्जिनियरिङतर्फ एक सय ६८ र महिला विकास तथा स्वास्थ्यतर्फ एक सय ४० कर्मचारीकालागी फागुन १६ सम्ममा दरखास्त दिन सकिनेछ । अतिरिक्त शुल्क तिरेर २३ फागुनसम्म दरखास्त दिन सक्ने आयोगको सूचनामा उल्लेख छ।

अप्राविधिकको प्रथम पत्र १७ वैशाख, प्राविधिक ६ जेठदेखि २१ जेठसम्म र महिला विकासको ५ जेठमा परीक्षा हुनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot