Logo

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा



काठमाडौ, २५ माघ । प्रुडेन्सियल इन्स्योरेन्सले ७ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको माघ २४ गते सम्पन्न बैठकले इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

गत आवको नाफाबाट हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot