Logo

रुसले युक्रेनमा आक्रमण गरे जर्मनी जाने रुसी ग्यास पाइपलाइन बन्द गर्ने बाइडेनको चेतावनी



एजेन्सी, २५ माघ। रुसले युक्रेनमा आक्रमण गरे जर्मनी जाने रुसी ग्यास पाइपलाइन ‘नर्ड स्ट्रीम २’बन्द गर्ने चेतावनी अमेरिकाले दिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले जर्मन चान्सलर ओलाफ स्कोल्जसंग वाशिङटनमा छलफल गरेपछि यस्तो चेतावनी दिएका हुन् । भेटपछी पत्रकार सम्मेलन गरी राष्ट्रपति बाइडेनले युक्रेन मामिलामा जर्मनी र अमेरिका एकजुट भएको प्रतिक्रिया दिंदै यसबारे बिचार बिमर्स गर्न रुसलाई सचेत तुल्याए ।

यसअघि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग मस्कोमा भएको भेटवार्ताका क्रममा युक्रेनमाथि आक्रमण नगर्न आग्रह गरेका थिए । रुसले युक्रेनमाथि आक्रमण गर्न आशंकामा पश्चिमा राष्ट्रहरु चिन्तित बनेका छन् । यद्दपी रुसले भने युक्रेनमाथि आक्रमण गर्ने आफुहरुको योजना नरहेको बताउँदै आएको छ ।तर, युक्रेनको सीमानामा रुसले १ लाख भन्दा बढी सेना तैनाथी अवस्थामा राखिसकेको छ ।

एटलान्टिक सैन्य संगठन नेटोमा युक्रेनलाई आवद्ध हुन नदिन रुसले आवाज उठाउँदै आउनुका साथै पुर्वी युरोपमा नेटोको संख्या कटौती गर्न गरिएको माग नेटाले अस्वीकार गरेपछी रुस क्रुद बनेको हो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot