Logo

माओवादीलाई घेरा हालेर सखाप पार्न कसरी सकिन्छ भनेर प्रतिक्रियावादीहरु लागिरहेका छन्ः प्रचण्ड



काठमाडौं, २५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीमाथि घेरा हाल्न खोजिएको टिप्पणी गरेका छन् । उनले माओवादीलाई घेरा हालेर देशभित्र र बाहिरका प्रतिक्रियावादी सखाप पार्न सकिन्छ कि भनेर लागिरहेको बताएका हुन् ।

‘देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरु माओवादीलाइ कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेका छन्,’ आज विप्लव नेतृत्वको नेकपाका जुम्ला इन्चार्ज चन्द्रवीर तरुवालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले भने,‘माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं । हामीलाई कसैले परास्त गर्न सक्दैन ।’

प्रचण्डले माओवादी शक्तिहरु सबै एक हुनुको विकल्प नभएको बताए । सबै एक भएर प्रतिक्रियावादीविरुद्ध लड्नुपर्ने बताए ।

एमसीसीको विषयले प्रचण्ड देशभित्र र बाहिरबाट चुनौती झेलिरहँदा पछिल्लो भनाई आएको हो । उनले कुनै देशको नाम उल्लेख नगरी अमेरिका र भारततर्फ संकेत गर्दै घेरा हालेर सखाप बनाउन खोजेको टिप्पणी गरेका हुन् । देशभित्र पनि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट ठूलो चुनौती झेलिरहेका छन् ।

प्रचण्ड एमसीसीको विपक्षमा उभिइसकेका छन् । तर, देउवा अघि बढिसकेका छन् । ओलीले देउवालाई साथ दिने संकेतहरु गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्