Logo

‘महाभारतका भीम’ प्रविण कुमारको निधन



एजेन्सी, २५ माघ । महाभारतमा भीमको भूमिका निभाउने कलाकार प्रवीण कुमार साब्तीको निधन भएको छ । उनको ७५ वर्षको उमेरमा सोमबार साँझ निधन भएको हो ।

दिल्लीस्थित निवासमा भीमको हृदयघातबाट निधन भएको उनकी छोरी निकुनिकाको भनाई उदृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ ।

भीमकाय शरीरका प्रवीण कुमार बलिउडका कतिपय सुपरहिट चलचित्रमा भूमिका निभाएका थिए । प्रवीण कला क्षेत्रमा आउनु अघि ह्यामर र डिस्कस थ्रोका खेलाडी थिए । उनी चारपटक एशियाली खेलका पदक विजेता पनि हुन् ।

भारतका तर्फबाट सन् १९६८ र १९७२ को ओलम्पिकमा पनि प्रवीण कुमारले सहभागिता जनाएका थिए । उनले भारतको सर्वोच्च खेल उपाधि अर्जुन अवार्ड पनि पाएका थिए ।



प्रतिक्रिया दिनुहोस्