Logo

एमसीसी पारित गराउन राष्ट्रिय सहमति चाहिँदैन्, बहुमत भए पुग्छ : गोकुल बाँस्कोटा (भिडिओसहित)



काठमाडौं, २५ माघ । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले एमसीसीलाई चुनावी मसला नबनाउनको लागि सत्ता गठबन्धनलाई आग्रह गरेका छन् । उनले एमसीसी पास गराउनको लागि सत्ता पक्षसँग बहुमत रहेको सुनाए ।

उनले अहिले एमालेले सहयोग गर्नुपर्छ भनेर कहीँ पनि नलेखेको बताए । उनले एमसीसी पास गराउन राष्ट्रिय सहमति आवश्यक छ भनेर कहीँ पनि नलेखेको जिकिर गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले एमसीसी पास गराउनको लागि बहुमत भए पुग्ने स्पष्ट पारेका छन् । उनले एमसीसी सदनबाट टेबुल नभएको विषय यो प्रचण्ड र शेरबहादुर देउवाको समस्या भएको र आफूहरुको समस्या नभएको बताए ।



प्रतिक्रिया दिनुहोस्