Logo

मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते पत्रकार कटुवालको निधन



उदयपुर, २५ माघ । मोटरसाइकलमा दुर्घटना परी गम्भीर घाइते भएका पत्रकार केदार कटुवालको निधन भएको छ । उदयपुरका कटुवालको बिराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा सोमबार साँझ उपचारको क्रममा निधन भएको हो ।

चौदण्डीगढी नगरपालिका ६ बेल्टारमा स.८.प.४३४७ नम्बरको मोटरसाइकलमा दुर्घटनामा परी ५६ वर्षीय कटुवाल घाइते भएका थिए । घरतर्फ आउँदै गरेका कटुवालले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

नेपाल पत्रकार महासंघ उदयपुर शाखाका पूर्वउपाध्यक्ष तथा हालका प्रदेश पार्षद समेत रहेका कटुवाल इमेज च्यानल टेलिभिजन र हिमालय टाइम्स दैनिकमा आवद्द छन्। उनका एक श्रीमती र दुई छोरा छन्।

 



प्रतिक्रिया दिनुहोस्