काठमाडौँ, २५ माघ: निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबै हिसावले तयार रहेको स्पष्ट पारेको छ ।
सरकारले निर्वाचनको मिति वैशाख ३० गतेका लागि तय गरेपछि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले सरकारलाइ दिएको परामर्श अनुसार निर्णय गरिएको भन्दै आयोग निर्वाचन गर्न तयारी अवस्थामा रहेको जानकारी दिए ।
तयारी गरिरहेकाले वैशाख ३० गते एकै चरणमा निर्वाचन गर्न आयोग आर्थिक प्राविधिक लगायत सबै हिसावमा तयारी अवस्थामा रहेको उनले बताए ।-File Photo