Logo

एमालेले कार्यकर्तालाई स्थानीय चुनावकेन्द्रीत प्रशिक्षण दिने



काठमाडौं, २५ माघ । प्रमुख प्रतिपक्षि दल नेकपा (एमाले) ले स्थानीय तह निर्वाचन केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण दिने भएको छ ।
सातै प्रदेशमा हुने दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने भएका छन् ।

महासचिव शंकर पोखरेलले आज प्रदेश कमिटीहरुलाई पत्र जारी गर्दै तयारीमा लाग्न निर्देशन दिएका हुन् । उद्घाटन शत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी हुने जनाईएको छ ।

फागुन १– २, प्रदेश नं १को विराटनगरमा, फागुन ३–४, मधेस प्रदेशको जनकपुरमा, फागुन ६–७, वागमती प्रदेश काठमाडौंमा, फागुन ८–९, गण्डकी प्रदेशको पोखरामा, फागुन ११–१२ गते लुम्बिनी प्रदेशको बुटवल÷दाङमा, फागुन १४–१५, कर्णाली प्रदेशको सुर्खेतमा, फागुन १६–१७, सुदूरपश्चिम प्रदेशको धनगढीमा नेकपा एमालले स्थानिय तहको निर्वाचन केन्द्रीत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम तय गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्