काठमाडौं, २५ माघ । ललितपुरको बागमती गाउँपालिकास्थित सुबानेमा सिटिजन्स बैंकले शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । सुबानेमा सेवा संचालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको जनाएको छ ।
बैंकको अनुसार नयाँ शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने हुनेछन् । यो सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने विश्वास बैंकले लिएको छ ।
बैंकले हाल १७४ शाखा, १२३ ए।टि।एम। र ९१ शाखारहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ ।