Logo

चीनले नेपाली भूमि अतिक्रमण गरेको सरकारी प्रतिवेदनमै उल्लेख



काठमाडौं, २५ असोज । चीनले नेपाली भूमि मिचेको सरकारी प्रतिवेदनमै उल्लेख भएको खुलेको छ । हुम्लास्थित चीनसँगको सीमाबारे अध्ययन गर्न गठित टोलीले बुझाएको प्रतिवेदनमा भूमि मिचेको विषय उल्लेख भएको खुलेको हो ।

गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा गठित टोलीले बुझाएको प्रतिवेदन गोप्य राखिएको छ । तर, टोलीले विभिन्न स्थानहरुमा भएको अतिक्रमण देखि तत्काल चाल्नुपर्ने कदमसहितको सुझाव समेत दिएको थियो ।

विशेगारी हुम्लाको किट खोलाको पानीको मुहानमा चीनले नियन्त्रणको प्रयास गरेको उल्लेख छ । किट खोलाबाट कर्णाली नदीसम्म नेपाली भूभागमा पनि तारबार लगाएको प्रतिवेदनमा उल्लेख छ । को चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको बलिया तथ्यहरु फेला परेका छन् । नयाँ सीमा स्तम्भ चीनले आफै राख्ने देखि पुराना सीमा स्तम्भ पनि ढलेको भेटिएको छ ।

चिनियाँ पक्षले बनाएको भवन भने चीनकै भूभागमा रहेको उल्लेख छ । तर, किट डाँडाको पानी चीनको सीमाभन्दा १४५ वर नेपालतर्फको भूभागमा पर्ने किट खोलाबाट स्थायी नहर बनाउने प्रयास गरेको, सडक र ट्यांकी निर्माण गरेकोमा सशस्त्र प्रहरीले भत्काएर पुगेको उल्लेख छ । सीमा स्तम्भ ५ (२) बाट किट खोलाको मध्यभाग दुई देशको सीमा हुने व्यवस्था भएपनि चीनले नेपाली भूभागमा तारबार लगाएको प्रतिवेदनमा भनिएको छ ।

चीनले सीमा अध्ययन कमिटी जानु अघि नै नहर निर्माण रोकेको र ढल पुरिएको अवस्थामा भेटिएको अध्ययन प्रतिवेदनमा उल्लेख भएको छ ।
चीनले सीमासम्म जान नसकिने अवस्था सृजना गरी मानसरोवर दर्शन गर्ने धार्मिक गतिविधिमा निषेध गरेको, नेपाली नागरिक सीमा विषयमा बोल्न अनिच्छुक, चरिचनमा चिनियाँ पक्षले अवरोध गरेको, सीमा स्तम्भ नम्बर ७ (२) स्थलगत रुपमा नदेखिएको र सुरक्षा फौजले पनि नभेटेको, सीमा स्तम्भ नम्बर ९२ बाट १० मा चिनियाँ पक्षले नेपाली भूभागतर्फ तारबार लगाएको विषय उल्लेख छ ।

यसअघि अध्ययन टोलीले चीनले १२ नम्बर पिलर नयाँ बनाएर खडा गरेको विषय समेत आएको थियो । सीमा स्तम्भमै जोडेर तारबार र गेट राख्ने गतिविधिहरु पनि गरेको खुलेको थियो ।

सीमा क्षेत्रमा नो म्यान्ड ल्यान्ड राखेर तारबार गर्ने प्रचलन छ । तर, सिधै सीमामा जोडेर तारबार लगाइएको भेटिएको थियो । किट भन्ने स्थानको पिलर नम्बर ५ का दुईवटा पिलरमा चीनले तारबार राखेको देखिनुका साथै पिलर नम्बर ५ (२) को स्तम्भ पनि नयाँ बनाएको भेटिएको थियो ।

१० असोजमा नेपाल चीन सीमा अध्ययत गर्न गठित समितिले प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँडलाई बुझाएको थियो । जयनाचार्य आचार्य संयोजक रहेको टोलीमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका एसएसपी उमेशराज जोशी, सशसत्र प्रहरीका एसएसपी प्रदीपकुमार पाल, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक किशोरकुमार श्रेष्ठका अलावा नापीका दुई प्राविधिक टोलीमा थिए ।

१६ भाद्रमा मन्त्रिपरिषदको बैठकले कमिटि गठन गरेको थियो । कमिटीले स्थलगत अवलोकन गरी तीन साता लगाएर प्रतिवेदन तयार गरेको थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot