काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीलाई भेट्न नेता कोइराला आज साँझ बालकोट पुगेको उनको सचिवावयले जनाएको छ।
उनीहरुबीचको यो भेटवार्तालाई नियमित भेटवार्ता भनिएको छ । तर, मुलुकको राजनीतिक अवस्था अत्यन्तै पेचिलो बनेको बेलामा भएको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
उनीहरुबीच आज संसद् सुचारु गर्नेदेखि एमसीसीसम्मको विषयमा छलफल भएको जनाईएको छ । केही दिनअघिमात्रै प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि ओलीसँग भेटवार्ता गरेका थिए ।
बालुवाटारमा भएको उक्त भेटवार्तामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी थिए । file photo