Logo

आजदेखि इमर्जिङ्ग नेपालले आइपीओ निस्कासन गर्ने



काठमाडौं, २६ माघ । इमर्जिङ्ग नेपाल लिमिटेडले ५ लाख ५५ हजार कित्ता आईपीओ आजदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले आजदेखि प्रतिशेयर १०० रुपैयाँ अंकित दरका उक्त शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

संस्थाले कुल कित्तामध्य २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरेको जनाएको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा ल्याउने भएको हो । आईपीओमा फागुन १ गतेसम्म आवेदन दिन सकिनेछ ।

सो अवधिममा प¥याप्त आवेदन नपरेमा माघ ११ गतेसम्म विक्री खुला गरिने भएको छ । यो शेयर विक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडलाई दिइएको छ । शेयर खरिदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय तथा मेरो शेयर सफ्टवेयर र एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्