Logo

प्रचण्ड यो देशको महानायक हो, उहाँकै कारण गणतन्त्र आएको हो : मल्ल (भिडिओसहित)



काठमाडौं, २६ माघ । नेकपा (माओवादी केन्द्र) का युवा नेता झकबहादुर मल्लले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा भएको क्रान्तिले नेपाली समाजलाई कायापलट गरेको बताएका छन् । हिजो (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘त्यो क्रान्तिको उपलब्धिलाई बोध गरेर कमरेड प्रचण्डलाई साथ दिनुपर्छ भन्ने निश्कर्षमा पुगेका हौं । प्रचण्डलाई साथ दिनको लागि दुई तीन वटा कारण छन्, उहाँले नेपालको ईतिहासलाई गौरवपूर्ण रुपमा बदल्नुभयो । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महानायक कमरेड प्रचण्ड नै हो, नेपाली जनताको संकटको घडीमा उहाँमत्रै उभिनुभयो, उहाँको भविष्य नेपाली जनताले अभिभावकत्वको रुपमा हेरेका छन् ।’ उनले प्रचण्डकै कारण यो देशमा गणतन्त्र आएको र राजतन्त्र फाल्न सकिएको पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्