काठमाडौं, माघ २६ । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले अमृता शाहीलाई सचेतक पदमा मनोनीत गरेको छ । मुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले अमृतालाई सचेतकमा मनोनीत गरेका हुन् ।
यसअघि सचेतक हिमबहादुर शाही सचेतक थिए । हिमबहादुर आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त भएपछि सचेतकको जिम्मेवारी अमृतालाई दिइएको छ ।
कांग्रेस संसदीय दलको विधानमा दलका नेताहरुको प्रत्यक्ष निर्देशन, समन्वय एवं परामर्समा रहेर सचेतकको भूमिका निर्वाह गर्नुपर्ने व्यवस्था रहेको छ ।