काठमाडौं, २६ माघ । निर्वाचन आयोगले स्थानीय चुनावको तयारीलाई गति दिएको छ । ३० वैशाखमा चुनाव हुने तय भएपछि आयोगले २ वैशाखमा उम्मेदवारी दर्ताको तयारी गरेको छ ।
आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि ६ चैत्रमा खुलाउने बुझिएको छ । निर्वाचन आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने कानूनी व्यवस्था छ ।
१४ वैशाखमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी समेत भएको छ । आयोगले मतदाताको अन्तिम नामावली प्रकाशनका लागि समेत गृहकार्य गरिरहेको छ ।
आयोगले परम्परागत तरिकाले स्वस्तिक छाप लगाउने गरी मतदानको ढाँचा बनाएको छ । तर, उपत्यकाको हकमा विद्युतीय मतदान हुनसक्ने बुझिएको छ ।