Logo

चुनावमा विद्युतीय मेसिन प्रयोगबारे विज्ञसँग छलफल गर्दै आयोग



काठमाडौं, २६ माघ । निर्वाचन आयोगले आज विज्ञहरूसँग छलफल गर्दैछ । आयोगले स्थानिय तहको निर्वाचनमा विद्युतीय मेसिनको प्रयोग गर्ने सम्भावनाबारे विज्ञहरूसँग छलफल गर्ने भएको हो ।

आयोगले आज परामर्श लिन सरकारका आइटी विज्ञहरूलाई बोलाएर मेसिनको प्रयोगको सम्भावना र चुनौतीका विषयमा छलफल गर्न लागेको जनाइएको छ ।

सरकारले स्थानीय तहको चुनाव वैशाख ३० गते गर्ने निर्णय गरेको छ।

 

 



प्रतिक्रिया दिनुहोस्