Logo

मधेश प्रदेशमा चुनावमा गर्न को को लागे ?



काठमाडौं, २६ माघ । सरकारले ३० वैशाखमा स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेपछि यसलाई रोक्न र पछाडि धकेल्न विभिन्न शक्ति सक्रिय हुनथालेका छन् । कतिपयले अदालतमा मुद्दा हाल्ने तयारी गरिसकेका छन् । कतिपयले विभिन्न बहानामा चुनावमा अवरोध गर्ने धम्की दिन थालेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी स्थानीय चुनाव वैशाख पछाडि गर्नुपर्ने पक्षमा उभिएको छ । कतिपय स्थानीय निकायमा असोज २०७४ मा चुनाव भएको भन्दै वैशाखमा चुनाव घोषणा भएकोमा अदालतमा मुद्दा दायरको तयारी गरेका हुन् । लोसपाले पनि मधेश प्रदेशमा चुनाव असोजमा गर्न प्रस्ताव गरेको छ । तर, सरकार एकै चरणमा चुनाव गर्न बढेको छ ।

मधेशमा सक्रिय सीके राउत समूह चुनावमा अवरोध गर्न धम्की दिन थालेको छ । उसले किसानको माग उठाएको छ । किसानको माग पूरा नभए चुनावमा अवरोध गर्ने राउतले ११ बुँदे माग पूरा गर्न माग गर्दै आएका छन् ।

चुनाव पछि धकेल्न माओवादी पनि भित्र भित्र लागेको छ । माओवादी अध्यक्ष प्रचण्डले असोज २०७४ मा निर्वाचित जनप्रतिनिधिले मुद्दा हाल्नसक्ने यसअघि नै खुलाएका थिए । माओवादी पहिले प्रतिनिधि सभा या एकैपटक तीन तहको चुनावको पक्षमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot