वीरगञ्ज, २६ माघ । वीरगञ्जमा कोरोना भाइरस संक्रमणबाट एक बालकको मृत्यु भएको छ । धोविनी गाउँपालिका–४ का १२ वर्षीय बालकको मंगलबार उपचारको क्रममा मृत्यु भएको हो ।
स्वास प्रश्वासमा सहयोगका लागि ट्युब र ब्याग सहित नारायणी अस्पतालमा भर्ना भएका बालकलाई भेन्टिलेटरमै राखिएको थियो । सोही क्रममा बालकलाई कोभिड निमोनिया देखिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई शुरुमा उनलाई ज्वरो आएको थियो ।