Logo

आयातमा कडाइ गर्दै राष्ट्र बैंक



काठमाडौं, माघ २७ । नेपाल राष्ट्र बैंकले सख्खर, चिनी, चिगम, मिनरल वाटर, वियर, चुरोट, खैनी, रक्सी कपडा, मेटल, ड्राइ फ्रुडसहितका ४७ प्रकारका वस्तु आयातमा कडाइ गरेको छ । केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै थप ४७ समूहमा पर्ने वस्तुको आयातमा कडाइ गरेको हो ।

विदेशबाट आयात गरिने ४७ समूहका वस्तुहरु आयात गर्न चाहने आयातकर्तासँग अनिवार्य रुपमा मार्जिन रकम लिइ विभिन्न शर्तहरु पालना हुने गरी मात्र प्रतितपत्र –एलसी० खोल्न बैंकहरुलाई केन्द्रीय बैंकले निर्देशन दिएको हो ।

बैंकहरुमा बुझाइने कुनै पनि मार्जिन रकममा व्याज प्रदान गर्न नपाइने गरी पनि निर्देशन दिइएको छ । बुधवार परिपत्र गर्दै कतिपय सामानका आयातकर्ताबाट शत प्रतिशतसम्म ’क्याश मार्जिन’ लिन बैंकहरूलाई निर्देशन दिएको छ ।

४७ थरीका हार्मोनिक कोड भएका वस्तुहरु अनिवार्य रुपमा मार्जिन लिन बैंकहरुलाई एकीकृत परिपत्र पठाएको हो । यो मार्जिन भनेको आयातकर्ताले विदेशी मुद्रामा आयात गर्न लागेको रकम बराबरको स्वदेशी मुद्रा देशको बैंकमा जम्मा गर्नु हो।

आयातलाई कडाइ गर्दै बैंकमा निक्षेप वढाउनका लागि राष्ट्र बैंकले यो कदम चालेको हो ।

राष्ट्र बैंकले आयातमा कडाइ गरेका सामानमा सुनचाँदी, मदिरा तथा भिनेगर, निजी सवारीसाधन (कार र मोटरसाइकल), सुर्ती तथा सुर्तीजन्य पदार्थ, अत्तर, शृङ्गारका सामान, तयारी प्वाँख, सिमेन्ट र फर्निचर लगायतका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot