Logo

हृदयेश त्रिपाठी र कमल थापा नयाँ दल खोल्दै



काठमाडौं, माघ २७ । २०७४ मा सम्पन्न प्रतिनिधि सभाको अघिल्लो निर्वाचनमा नेकपा एमालेको चुनाव चिह्न सूर्य लिएर निर्वाचनमा उठेका पूर्वमन्त्री हृदयेश त्रिपाठी र राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले नयाँ दल दर्ताको तयारी गरेका छन् ।

स्थानीय तहको निर्वाचन घोषणा भइसकेपछिको अवस्थामा दल दर्ता गर्न पाइने कि नपाइने भन्ने विषयमा उनीहरू निकट नेताहरू निर्वाचन आयोगसँग सोधपुछ गर्न बुधबार आयोग पुगेका थिए ।

आयोगले दल दर्ताका लागि बन्देज नभएको जवाफ दिएपछि त्रिपाठी र थापा नयाँ दल दर्ताको तयारीमा जुटेका छन् । उनीहरू दुवैले फरकफरक दल दर्ता गर्ने तयारी गरेका हुन् । थापाले मंगलबार मात्रै राप्रपा परित्याग गरेको घोषणा गरेका थिए ।

निर्वाचन आयोगले संविधानको धारा २६९ अनुसार दल दर्ता गर्ने गर्छ । त्यसरी दर्ता भएर आयोगको सूचीमा कायम रहेको दल निर्वाचन प्रयोजनका लागि धारा २७१ अनुसार पुनः आयोगमा दर्ता हुनुपर्ने प्रावधान छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot