Logo

चुनाव प्रचारप्रसारको लागि जनताको घरआँगनमा जाँदै नेपाल सांस्कृतिक संघ



काठमाडौं, माघ २७ । नेपाली कांग्रेसनिकट नेपाल सांस्कृतिक संघले आगामी वैशाख ३० गते हुने स्थानीय चुनावको लागि नेपाली कांग्रेसको प्रचारप्रसारको लागि केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका सङ्गठनहरूलाई सक्रिय बनाउन भएको छ । संघले कांग्रेसलाई बहुमत दिलाउन सांस्कृतिक कार्यक्रमसहित ७७ वटै जिल्लाका जनताको घरआँगनमा पुग्ने जानकारी गराएको हो ।

संघले चैत्र मसान्तभित्र नेपालका ७ सय ५३ पालिकामा समग्र सङ्गठनात्मक संरचना निर्माण गरी ती संगठनहरुद्धारा स्थानीय, प्रदेश र संघको निर्वाचनहरूमा सहभागिता जनाउने सङ्कल्प र निर्णयपनि गरेको छ ।

कांग्रेसको ३१ वटा भातृ तथा शुभेच्छुक संस्थाहरु मध्ये नेपाल सांस्कृतिक संघले आसन्न तीन वटै तहको निर्वाचनमा संघको तर्फबाट केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका संगठनहरुलाई शसक्त रुपमा सक्रिय बनाई परिचालन गर्ने र नेपाली कांग्रेस पार्टीलाई सबै तहका निर्वाचनमा दुई तिहाई वा अत्याधिक बहुमत दिलाउन प्रचार प्रसार एवम् सांस्कृतिक कार्यक्रम सहित जनताको घर आगनमा पुग्ने संघको दाबी छ

नेपालमा भएका उल्लेखनिय, ऐतिहासिक, लोकतान्त्रिक आन्दोलन र ती आन्दोलनहरुले ल्याएका परिवर्तनहरुमा अहम् भूमिका निर्वाह गर्दै आएको नेपाली कांग्रेसले राष्ट्रको विकासका लागि, स्वाधिनताका लागि, अन्तराष्ट्रिय सम्बन्ध सुदृढिकरणका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको जनाउँदै संघले आफ्ना ७७ वटै जील्लाका सांस्कृतिक संरचना, संगठनात्मक विस्तार सहित १३ वटा विधागत संरचनमार्फत तीन तहको निर्वाचनमा पार्टीलाई सबल बनाउन भूमिका खेल्ने जनाएको छ । कांग्रेसको सुभेच्छुक संस्थाका रुपमा रहेको यो संघ निरन्तर क्रियाशील रहदै नेपाली कांग्रेसका हरेक क्रियाकलापहरु, योगदान, दूरदर्शी सोचसहित नेपाली जनता समक्ष सरल र सहज माध्यमबाट सुसुचित गर्ने अभियानमा लागि रहने संघले जारी गरेको प्रेस विज्ञप्तिमाउल्लेख छ ।

संघको तेस्रो महाधिवेशन आगामी ६ महिनाभित्र सम्पन्न गर्ने अभियान सहित देशैभर छरिएर रहेका लोकतन्त्रबादी श्रष्टा, संस्कृतिकर्मीहरुलाई आगामी सबै तहका निर्वाचनमा सक्रीय र शसक्त रुपमा परिचालन गरि नेपाली कांग्रेसलाई अत्याधिक मतबाट विजयी गराउन गीत, संगीत, कविता, नाटक, प्रहशन, नृत्य लगायत लोकप्रिय सञ्चार माध्यमद्धारा प्रचार प्रसार गर्न कटिबद्ध रहने संघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot