Logo

लगानी बोर्डको अध्ययनः ग्यास र पानीको प्रयोगबाट युरिया मल



काठमाडौं, माघ २७ । लगानी बोर्डले नेपालमा युरिया मल कारखाना खोल्नसक्ने प्राविधिक विषयको तुलनात्मक सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ । छ महिना लगाएर बोर्डले आफ्नो अध्ययन पूरा गरेको हो । यसअघि मन्त्रिपरिषद्को निर्णयले नेपालमा मल कारखाना खोल्न आवश्यक प्रक्रिया सुरु गर्न बोर्डलाई निर्देशन दिएको थियो । सो अध्ययनलाई सार्वजनिक गर्ने निर्णय यही मङ्गलबार बसेको बोर्डको बैठकले पनि गरिसकेको छ ।

अध्ययनमा सहभागी बोर्डका सिनियर डिभिजनल इन्जिनियर सागरराज गौतमका अनुसार प्राकृतिक मिथेन ग्यासको प्रयोग र पानीको प्रयोग (इलेक्ट्रोलाइसिस) गरी दुई विधिबाट नेपालमा रासायनिक मल उत्पादनका प्रविधिको तुलनात्मक अध्ययन गरिएको छ । हाल अधिकांश मुलुकले ठूलो परिमाणमा प्राकृतिक ग्यासको प्रयोगबाट रासायनिक मल उत्पादन गर्दै अएका छन् । यो प्रविधि अन्तर्राष्ट्रिय बजारमा सहज रूपमा उपलब्ध हुँदै आएको छ भने पानी प्रयोगको प्रविधि परीक्षणका रूपमा हुँदै आएको र धनी मुलुकहरूले पनि यसलाई प्रयोगमा ल्याउने कोसिस गरिरहेको बताइएको छ ।

प्राकृतिक ग्यासको प्रयोगबाट युरिया मल उत्पादन गर्दा उत्पादन लागत निकै सस्तो पर्ने अध्ययनबाट देखिएको छ । यद्यपि नेपालमा प्राकृतिक ग्यास उपलब्ध छैन । भारतबाट पाइपलाइन विस्तार गरी ग्यास ल्याएर मात्र सो प्रविधिको प्रयोग गरी युरिया उत्पादन गर्न सकिने अध्ययनमा उल्लेख रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot