Logo

चेपुवामा शहीद स्मारक



काठमाडौं, माघ २७ । लैनचौरस्थित शहीद स्मारक चारैतिरबाट चेपुवामा परेको छ । निरन्तरको अतिक्रमणले स्मारकको क्षेत्रफल खुम्चँदै छ । राजधानीको महत्त्वपूर्ण स्थानमा रहेको यो ठाउँमाथि स्थानीय समुदाय, सरकारी निकाय र अन्य क्षेत्रबाट अतिक्रमण भइरहेको छ । स्मारकलाई संरक्षण गरेर आकर्षक गन्तव्य बनाउनेतर्फ सरकारको ध्यान गएको छैन ।

पाँच रोपनी क्षेत्रफलमा फैलिएको स्मारक काठमाडौँ महानगरपालिकाको व्यवस्थापनमा छ । स्थानीयबाट बाटो चेपेर घर बनाउने र फेरि बाटो फराकिलो पार्ने नाममा स्मारकको जग्गा चेप्ने प्रवृत्ति वर्षौंदेखि चलिरहेको छ । पछिल्लो समय खानी तथा भूगर्भ विभागबाट दुग्ध विकास संस्थानतर्फ छिर्ने बाटो विस्तार गर्दा पार्कको जग्गा चेपिएको छ ।

बाटो बढाउँदा भत्काइएका र नयाँ निर्माण गरिएको पर्खालको ढुङ्गा माटो पनि स्मारक क्षेत्रभित्रै थुपारिएको छ । माघ १६ गते शहीद दिवसमा कार्यक्रम गर्नुपर्ने भएपछि त्यहाँ थुपारिएका ढुङ्गा माटो हतारहतार गरेर सम्याइएको थियो ।

स्मारकको जग्गामा खानी विभागको मूल प्रवेशद्वारसँगै जोडिएको नेपाल–जापान बाल पुस्तकालय र पुस्तकालयसँगै जोडेर दुई वर्षअघि महानगरपालिकाको वडा नम्बर २६ को भवन बनाइएको छ । दुवै संरचना बनेर बाँकी रहेको जग्गामा मात्र स्मारक खुम्चिएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot