
सर्लाही,२७ माघ । जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कबिलासी नगरपालिका–८ बस्ने २० वर्षीय पपु बैठालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
बैठाले ती किशोरीलाई हरिवन नगरपालिका–३ स्थित शौचालयमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।