Logo

हाम्रो ब्युरोक्रेसीले ठीक ढंगले डिल गर्न नसकेको कारण एमसीसी पब्लिक डोमेनमा आयो : मुमाराम खनाल (भिडिओसहित)



काठमाडौं, २७ माघ । राजनीतिक विश्लेषक मुमाराम खनालले नेताहरुकै कारण नेपालको अन्तर्राष्ट्रिय छबि समाप्त हुँदै गएको टिप्पणी गरेका छन् । उनले भने,‘नेपालका नेताहरुले जे भन्छन् त्यो गर्दैनन्, यिनीहरुले लोकतान्त्रिक संस्थाहरुलाई भत्काए, राजनीतिक प्रणालीले काम गरेन । त्यो प्रणालीमा नेता पनि हुन्छन्, राजनीतिक संस्था पनि हुन्छन् ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अमेरिकी सहयोग सम्झौता एमसीसी राष्ट्रघाती पनि नभएको र राष्ट्रवादीपनि नभएको जिकिर गरे । नेपालका कर्मचारीहरु लम्फु भएको पनि टिप्पणी गरे ।

एमसीसी संसद्बाट पारित भए नेपालमा अमेरिकी सेना आउँछ भन्नु पनि वाहियात कुरा भएको खनालले दाबी गरे । उनले एमसीसी सम्झौताबारे नेपालमा अतिवादी कोणबाट छलफल भैरहेको जनाए । तर, उनले एमसीसीबारे स्वस्थ बहस हुनुपर्नेमा जोड दिए । उनले भने,‘हाम्रो ब्युरोक्रेसीले ठीक ढंगले लिड गर्न नसकेको कारण एमसीसी अहिले पब्लिक डोमेनमा आयो ।’



प्रतिक्रिया दिनुहोस्