Logo

सभामुखलाई कालो झण्डा देखाउने ४ जना घाइते



काभ्रे, २७ माघ । प्रमुख प्रतिपक्षि दल नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले काभ्रेमा सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा प्रदर्शन गरेको छ । धुलिखेल जाँदै गरेका सभामुख सापकोटालाई काभ्रेमा कालो झण्डा देखाइएको हो ।
पदीय मर्यादा कायम गर्न नसकेको र सभामुखबाट हट्न आग्रह गर्दै उनीहरूले नाराबाजी गरेका थिए ।

साही क्रममा प्रहरीले रोक्न खोज्दा केही नेताहरु घाइते भएका छन् । घाइते हुनेमा एमाले काभ्रेका नेता विष्णु काभ्रेली, अनेरास्ववियु जिल्ला इञ्चार्ज शालिकराम पराजुली, सचिव मिलन गौतम, उपसचिव युवराज दाहाल घाइते भएको हुन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्