Logo

कोरोनाको चौथो डोज आवश्यक पर्न सक्छः डा. फाउची



एजेन्सी, २७ माघ । ह्वाइट हाउसका प्रमुख मेडिकल सल्लाहकार एन्टोनी फाउचीले कोरोनाको भेरियन्ट ओमिक्रोन सामना गर्न अमेरिकामा चौथो डोज खोप आवश्यक पर्ने संकेत गरेका छन् । बुधबार ह्वाइट हाउसमा नियमित ब्रिफिङ गर्दै डा. फाउचीले यस्तो बताएका हुन् । व्यक्तिको उमेर र उसमा अन्तर्तिहित अवस्थाहरुका आधारमा चौथो बुस्टर डोज दिन सकिने उनको भनाई छ ।

नियमित ब्रिफिङमा डा. फाउचीले भनेको विषयलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यम हिन्दूले लेखेको छ,‘मेसेन्जर आरएनए (एमआरएनए) खोप लगाएका व्यक्तिहरुलाई उनीहरुको उमेर र अवस्थाका आधारमा फेरि अर्को बुस्टर डोज आवश्यक पर्न सक्छ ।’

एक रिपोर्टरले डाटाको आधारमा तेस्रो बुस्टर डोजबाहेक थप डोज आवश्यक रहेकोे प्रश्नमा एन्थोनी फाउचीले भने, ‘हामीले सो विषयलाई नजिकबाट नियालेका छौँ ।’ नयाँ भेरियन्ट ओमिक्रोन सुरुवात भएपछि विश्वका ५ लाख मानिसले ज्यान गुमाइसकेको उनले बताए । उनले उक्त संख्यालाई पूर्ण विकसित महामारीको संज्ञा दिएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्