Logo

कालिका पावर कम्पनीको नाफा १७ प्रतिशतले वृद्धि



काठमाडौं, २७ माघ । कालिका पावर कम्पनी लिमिटेडको नाफा चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म १७ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले आज (बिहिबार) सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ३६ लाख नाफा कमाएकोमा यस वर्ष ६ करोड २८ लाख नाफा कमाएको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा विद्युत् विक्री बापत रू. ११ करोड २७ लाख आम्दानी गरेको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. ११ करोड ६१ लाख आम्दानी गरेको छ । कम्पनीको चुक्तापूँजी ६० करोड रहेको छ ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २० दशमलव ९४ र प्रतिशेयर नेटवर्थ १३४ दशमलव ३६ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot