Logo

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेताबाहेक कार्यकर्तालाई प्रवेशमा रोक



काठमाडौं, २७ माघ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे कार्यसम्पादन समितिको बैठक बस्दैछ । कार्यालयमा नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरूले धर्ना र प्रदर्शन गर्ने भएपछि सदस्यहरूबाहेकलाई प्रवेश निषेध गरिएको हो ।

बैठकस्थल कांग्रेस केन्द्रीय कार्यालयमा पार्टी पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यहरुमात्र छिराइएको छ । प्रदर्शनको तयारीका लागि सानेपा पुगेका नेविसंघ नेता कार्यकर्तालाई प्रहरीले पार्टी कार्यालयभित्र प्रवेश गर्न नदिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot