काठमाडौं, २७ माघ । राष्ट्रिय बिमा कम्पनीको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४१.४२ प्रतिशत बढेको छ । कम्पनीले १९ करोड ४३ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा कम्पनीको खुद बिमा शुल्क आम्दानीमा भने झिनो सुधार हुँदै १२ करोड ८८ लाख ८९ हजार रुपैयाँ पुगेको छ । बिमा कोषमा २ अर्ब ५२ करोड ७३ लाख रुपैयाँ जम्मा भएको छ ।
राष्ट्रिय बिमा कम्पनीको रिजर्भ कोष आकर्षक देखिएको छ । रिजर्भ कोषमा ६.८७ प्रतिशत सुधार हुँदै ३ अर्ब २४ करोड ५६ लाख ७० हजार रुपैयाँ जम्मा भएको छ ।
यसको प्रतिसेयर आम्दानी (वार्षिक) १४५ रुपैयाँ ७५ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १ हजार ३१७.२५ रुपैयाँ रहेको छ ।