Logo

१ फागुनदेखि त्रिविले भौतिक उपस्थितिमै पठनपाठन गराउने



काठमाडौं, २७ माघ । त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्न पाउने भएका छन् । बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जानकारी दिएको छ ।

कोभिड–१९ को महामारी सुरु भए लगत्तै त्रिविले गत ९ माघदेखि विभिन्न तहका परीक्षासमेत स्थगित गरेको हो । मंगलबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले १ फागुनदेखि पठनपाठन र रोकिएका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सुचनामा उल्लेख गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot