Logo

कोरोना रोकथामका लागि लगाइएको प्रतिबन्ध खुकुलो बनाउँदै यूएई



एजेन्सी, २७ माघ। कोरोना सङ्क्रमण दर घट्दै गएपछि यूएईले सङ्क्रमण रोकथामका लागि लागू गरेका प्रतिबन्धहरू पनि खुकुलो बनाउने भएको छ । दुबई राज्यको सङ्कट व्यवस्थापन कमिटीले यही फेब्रुअरी १५ देखि कोरोना सङ्क्रमण रोकथामका लागि लगाइएका प्रतिबन्धहरू खुकुलो बनाउँदै लैजाने निर्णय गरेको खबर खालिज टाइम्सले लेखेको हो।

सङ्क्रमण दर दिनहुँजसो घटिरहेको भन्दै सबै प्रकारका आर्थिक क्रियाकलापदेखि सामाजिक जमघट र कार्यक्रमहरू पूर्ण क्षमतामा सञ्चालन गर्न दिने यूएईको तयारी छ । तर, सङ्क्रमणबाट बच्नका लागि आफ्ना नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य रूपमा पालना गर्न भनेको छ ।

दुबईको यो निर्णय कार्यान्वयनमा आएपछि जमघट, कार्यक्रम लगायत आयोजना गर्न पाइने छ । यस्तै सबै प्रकारका आर्थिक क्रियाकलाप सञ्चालन हुनेछ भने पर्यटकसँग सम्बन्धित, सपिङ मलहरू र यातायात पूर्ण क्षमतामा सञ्चालन हुनेछ । मस्जिदमा प्रार्थना गर्नेहरूका लागि एक मिटरको दुरी कायम गर्नु पर्ने नियम बनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्