Logo

भ्रातृ संस्थाहरूमा तदर्थ समिति बनाएर महाधिवेशनको म्यान्डेट दिन माग गर्दै नेविसंघको धर्ना



काठमाडौैं, २७ माघ । नेपाली कांग्रेसको आज कार्यसम्पादन समितिको बैठक केही बेरमा बस्दैछ । बैठकमा म्याद समाप्त भएका भातृ संगठन तथा शुभेच्छुक संस्थाका विषयमा छलफल हुने जनाइएको छ । पार्टीका बाँकी जिल्ला अधिवेशनहरुका विषयमा पनि आज छलफल बताइएको छ ।

कार्यसम्पादन समितिका सदस्यहरूबाहेकलाई कार्यालय हातामा छिर्न नदिएपछि नेविसंघका नेता–कार्यकर्ताहरूले बाहिरै धर्ना दिइरहेका छन् । म्याद सकिएका भ्रातृ संस्थाहरूमा तदर्थ समिति बनाएर महाधिवेशनको म्यान्डेट दिनुपर्ने साथै रिक्त पदमा मात्र मनोनयन गर्नुपर्ने नेविसंघको माग छ ।

कांग्रेस विधानमा पार्टीको कुनैपनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनीत हुने भ्रातृ र शुभेच्छुक संस्थाको पदाधिकारी वा सदस्यको पद स्वतः रिक्त हुने व्यवस्था छ ।

बुधबार सभापति शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा नयाँ समिति बनाउनुभन्दा विधानको दफा निलम्बन गरेर भएपनि अहिलेकै नेतृत्वलाई महाधिवेशन गर्न दिनुपर्ने प्रस्ताव गरेका थिए ।

Photo: Amrit Poudel ‘Pepot’



प्रतिक्रिया दिनुहोस्