Logo

बोटलर्स नेपालको वित्तीय विवरण सार्वजनिक, कस्तो छ अवस्था ?



काठमाडौं, २७ माघ । बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई)को चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिएको छ ।

सार्वजनिक विवरण अनुसार कम्पनीले यस अवधिमा बोटलर्स नेपालले ३५ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४ अर्ब ७५ करोड रुपैयाँ रहेको छ।

चुक्तापुँजी १९ करोड ४८ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

कम्पनी वार्षिकीकृत ईपीएस ३३९ रुपैयाँ कायम भएको छ । यसैगरी बोटलर्स नेपाल (तराई) ले ३० करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले २ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ।

चुक्तापुँजी १२ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ८८ करोड रुपैयाँ रहेको छ। कम्पनी वार्षिकीकृत ईपीएस ५०० रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्