Logo

कमल थापा पुन: पार्टीमा फर्किनेमा आशावादी छु : पशुपति शमशेर जबरा



काठमाडौँ, २७ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले हालै पार्टी परित्याग गरेका पूर्व अध्यक्ष कमल थापा पुनः पार्टीमा फर्किनेमा आशावादी रहेको बताएका छन् । आज (बिहीबार) पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरूसँग बोल्दै पूर्व अध्यक्ष शमशेरले यस्तो बताएका हुन् ।

उनले भने, ‘यो अनपेक्षित घटना हो । उहाँको धेरै गुनासोहरू सार्वजनिक भइसकेको थियो । तर, हाम्रो कुरा हुँदा यी सबै कुरालाई अलि धैर्यता लिएर छलफल गरौँ भनेर मैले अनुरोध गरेको थिएँ । त्यो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ । अपर्झट निर्णय आयो, दुःख लाग्दो कुरा हो । तीनै चरणको निर्वाचनमा पार्टीले गम्भीर भएर सोच्नुपर्छ । उहाँ पार्टीमा पुनः फर्किनुहोस् भन्ने आशा छ ।’ उनले थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरे पनि अस्वीकार गरेकोमा दुःख लागेको पनि बताए ।-Photo By: Mukunda kalikote/reportersnepal



प्रतिक्रिया दिनुहोस्

Screenshot