Logo

एमालेको जनसंगठन समन्वय सम्बन्धि निर्देशिका जारी (पूर्ण पाठसहित)



काठमाडौं, २७ माघ । प्रमुख प्रतिपक्षि दल नेकपा (एमाले)ले पार्टी नियमावली र जनसंगठन समन्वय सम्बन्धि निर्देशका २०७८ जारी गरेको छ । एमालेले संशोधित पार्टी नियमावलीमा यसअघि गरिएको पार्टी विभागहरुको आकार बढाएको हो ।

एमालेले नियमावलीको चौथो संशोधनले एमालेका ३३ विभागमा प्रमुख, उपप्रमुख र सचिवसहित २५ सदस्यबाट बढाएर ३५ सदस्य रहने व्यवस्था गरेको छ ।  विभागका सचिव अब केन्द्रीय कमिटी बाटै मनोनयन गर्ने व्यवस्था थप गरिएको छ ।

पार्टीले तोकेको काममा जाने कुनै पनि नेता कार्यकर्ताको खर्च सम्बन्धित कमिटीले नै व्यहोर्ने पनि एमालेले व्यवस्था गरेको छ । त्यस्तै, एमालेले पार्टीको औपचारिक कार्यक्रममा पार्टी र राष्ट्रिय झण्डा अनिवार्य राख्ने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्