काठमाडौं, २७ माघ । अर्थमन्त्री जर्नादन शर्माले आउँदो वर्ष हुने चुनावका लागि ५० अर्ब रुपैयाँ बजेट माग भएको खुलासा गरेका छन् । उनले स्थानीय चुनावका लागि सुरक्षालगायत अन्य खर्चबाहेक मात्र १२ अर्ब रुपैयाँ माग भएको बताए ।
आज बजेटको अर्धवार्षिक समिक्षामा बोल्दै चुनावका लागि अहिले १० अर्ब रुपैयाँ मात्र छुट्याइएको बताए । चुनावका लागि स्रोत व्यवस्थापनमा चुनौती भएको समेत बताए ।
सरकारले ३० वैशाख २०७९ मा स्थानीय चुनाव गर्ने घोषणा गरिसकेको छ । चुनाव एकै चरणमा गर्ने तयारी छ । २०७९ मा प्रदेश र संघीय संसदको चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसमा पनि ठूलो खर्च हुन्छ ।-File Photo