Logo

स्थानीय चुनावमा सबै शक्ति लगाउने राप्रपाको निर्णय



काठमाडौं, २७ माघ । राप्रपाका पुर्व अध्यक्ष कमल थापाले पार्टी छाडेपछि पहिलो पटक बसेको पदाधिकारी बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

फागुन मसान्तभित्र स्थानीय चुनावका लागि राप्रपाले उम्मेदवार छनोट गर्ने भएको छ । बैठकमा महामन्त्री भुवन पाठकले निर्वाचन विशेष कार्ययोजना प्रस्तुत गरेका थिए । बैठकमा समान विचार भएकाहरूसँग एकता तथा सहकार्यका लागि भइरहेका प्रयासको समीक्षा गरिएको थियो । जारी वार्तालाई निरन्तरता दिँदै थप समूह, व्यक्ति वा दलसँग एकता र सहकार्यका लागि बैठकले आह्वानसमेत गरेको छ ।
राप्रपाले राजसंस्था, हिन्दू राष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी तथा सुदृढ स्थानीय तहलगायतका सैद्धान्तिक अवधारणामा पार्टी अविचलित रहेको बताउँदै आएको छ ।

आजको पदाधिकारी बैठकमा पूर्वअध्यक्षद्वय पशुपतिशमसेर राणा र डा. प्रकाशचन्द्र लोहनीका साथै सबै पदाधिकारी उपस्थित थिए ।

 

 



प्रतिक्रिया दिनुहोस्