Logo

एमसीसी सभामुखले रोक्न मिल्दैनः काँग्रेस प्रवक्ता महत



काठमाडौं, २७ माघ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोगसम्बन्धी एमसीसी सभामुखले रोक्न नमिल्ने जिकिर गरेका छन् ।उनले सभमुखको क्षेत्राधिकार संविधानमा तोकिएकाले रोक्न नमिल्ने जिकिर गरेका हुन् ।

‘एमसीसी सभामुखले रोक्न मिल्दैन,’ आज काँग्रेस कार्यसमिति बैठकपछि पत्रकारको प्रश्नमा महतले भने,‘उहाँको क्षेत्राधिकार संविधानमा तोकिएको छ ।’ सभामुख एमसीसी टेबुल गर्न सकारात्मक नभइरहँदा सत्ताको नेतृत्व गरिरहेको काँग्रेसका प्रवक्ता महतको भनाई आएको हो ।

एमसीसी सरकारले टेबुल गर्ने र बहुमतले पारित हुने दाबी समेत गरे । संसदको अबको बैठकमा सरकारले एमसीसी टेबल गर्ने पार्टीको निष्कर्ष समेत सुनाए ।

एमसीसी पारित गर्न गठबन्धनको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि सकारात्मक रहेको बताए । नेपालले पनि एमसीसी पारित गर्छु भनेको बताए । एमसीसी बहुमतले पारित हुने र भ्रम चिरिने उनको भनाई थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्