Logo

एमसीसीमा कांग्रेस एकमत



काठमाडौं, माघ २८ । अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सत्तारूढ दलहरू विभाजित भइरहेका बेला प्रमुख सत्ताधारी दल नेपाली कांग्रेस भने सो परियोजना संसद्बाट अघि बढाउन एकमत भएको छ ।

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीलाई आगामी संसद् बैठकबाट अघि बढाउने निर्णय गरेको हो ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस एमसीसीका विषयमा प्रस्ट रहेको र संसद् बैठकमा सो प्रस्ताव सरकारलाई अघि बढाउन आग्रह गरिएको जानकारी दिए ।

‘कांग्रेसले सबै दललाई एमसीसीलाई संसद्मा लैजाने विषयमा सहयोग गर्न आग्रह गरेको छ,’ कांग्रेस प्रवक्ता महतले भने । महतले एमसीसी संसद्बाट बहुमतले पारित हुनेसमेत दाबी गरेका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्