Logo

एमालेका सदस्यले मासिक १५ रुपैयाँ पार्टीमा बुझाउनुपर्ने



काठमाडौं, माघ २८ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले जनसंगठन समन्वयसम्बन्धी निर्देशिका–२०७८ जारी गरेको छ । जारी निर्देशिका अनुसार पार्टीका सदस्यले मासिक १५ रुपैयाँ पार्टीमा बुझाउनुपर्ने दायित्व तोकिएको छ । यसअघि वार्षिक रूपमा सदस्यले ३ सय ७५ रुपैयाँ पार्टीमा बुझाउँदै आएका थिए ।

यसैगरी, संशोधित नियमावलीअनुसार सबै तहका पार्टी कमिटीका पदाधिकारी तथा सदस्यले आफ्नो कार्यक्षेत्रबाट बाहिर जानुपरेमा सोको जानकारी अध्यक्षलाई गराउनुपर्ने व्यवस्था गरिएको छ ।

एमालेले अन्य वैकल्पिक स्रोत नभएका र पूर्णकालीन पार्टीको राजनीतिक तथा प्रशासनिक कार्यमा संलग्न पदाधिकारी, सदस्य, कार्यालय सचिव र कर्मचारीलाई सम्बन्धित कमिटीले निर्धारण गरे बमोजिमको पारिश्रमिक र सुविधा दिने व्यवस्था गरेको छ ।

पार्टीले तोकेको काममा जाने कुनै पनि नेता कार्यकर्ताको खर्च सम्बन्धित कमिटीले नै बेहोर्ने व्यवस्था समेत सो नियमावलीमा गरिएको छ । एमालेको विधानको धारा ८७ मा पारिश्रमिक र खर्च’दयगत उल्लेख छ । यसैगरी, एमालेले पार्टीको औपचारिक कार्यक्रममा पार्टी र राष्ट्रिय झन्डा अनिवार्य राख्ने व्यवस्था गर्नुका साथै राष्ट्रिय गान र शहीदप्रति श्रद्धाञ्जली अनिवार्य गरेको छ । यो व्यवस्था यसअघि समेत रहेको थियो ।

जारी निर्देशिकाअनुसार यसअघि गरिएको पार्टी विभागको आकार समेत भएको छ । नियमावलीको चौथो संशोधनले एमालेका ३३ विभागमा प्रमुख, उपप्रमुख र सचिवसहित २५ सदस्यबाट बढाएर ३५ सदस्य रहने व्यवस्था गरिएको छ । यसैगरी, विभागका सचिव यसअघि सदस्यबाट छानिने व्यवस्था गरेको एमालेले अब भने केन्द्रीय कमिटीबाटै मनोनयन गर्ने व्यवस्था गरेको छ ।

जनसंगठनमा क्रियाशील पार्टी सदस्यको पार्टी हैसियत समेत निर्धारण गरिएको छ । जनसंगठनका केन्द्रीय कमिटीका पदाधिकारी पार्टीको प्रदेश कमिटी सदस्यसरह हुनेछन् । यस्तै, केन्द्रीय कमिटीका सदस्य र प्रदेश कमिटीका पदाधिकारी पार्टी जिल्ला कमिटी सदस्यसरह हुनेछन् । जनसंगठनका प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटीका पदाधिकारी पार्टी संघीय निर्वाचन क्षेत्रीय कमिटी सदस्यसरह हुनेछन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्