Logo

मन्त्री आलेद्वारा जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी



काठमाडौं, माघ २८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेजमा केही दिनदेखि उपचार गराइरहेका जोशीलाई अस्पता पुगेर मन्त्री आलेले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

जोशीको स्वास्थ्य अवस्थाबारे अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले मन्त्री आलेलाई जानकारी गराएका थिए।



प्रतिक्रिया दिनुहोस्