Logo

कामना बैंकले गर्यो स्मार्ट च्वाइस टेक्नोलोजिसँग सम्झौता



काठमाडौं, २८ माघ । कामना सेवा विकास बैंकले स्मार्टच्वाइस टेक्नोलोजिजसँग साझेदारी पत्रमा हस्ताक्षर गरेको छ । दूई कम्पनीबीच भुक्तानी सेवा र फस्र्यौटको क्षेत्रमा सुविधा आदान प्रदान गर्ने गरी उक्त साझेदारी भएको हो ।

सोमबार आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले सो पत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेड बीच एससीटी यूपीटी कार्ड, स्मार्ट क्यूआर, एससीटी एन पे जस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्