Logo

ऋषि धमलालाई कमल थापाको आग्रह– तपाईं मेरो नयाँ पार्टीमा आउनुहोस (भिडियोसहित)



काठमाडौं, २८ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पुर्वअध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री कमल थापाले पत्रकार ऋषि धमलालाई आफ्नो नयाँ पार्टीमा आउन आग्रह गरेका छन् ।

हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार धमलासँग बोल्दै उनले आफ्नो अबको एजेण्डा भनेको हिन्दुराष्ट्र, सुशासन र समृद्धी भएको भन्दै पत्रकार धमलालाई आफ्नो पार्टीमा आउन आग्रह गरेका हुन् ।

तर, पत्रकार धमलाले आफु केहि समय पत्रकारीतामै रहने भन्दै पार्टीमा निम्ता नगर्न आग्रह गरेका थिए ।

यस्तै, कार्यक्रममा बोल्दै थापाले आफ्नो मान्यता प्रति ठुलो चोट पुगेको भन्दै अबका दिनमा आफुले राजसंस्था विहिन प्रजातन्त्रलाई समर्थन गर्ने बताए ।

आफुले रगत पसिना बगाएको पार्टी परित्याग गर्दा निकै पीडाबोध भएको भन्दै अब राप्रपामा फर्किने संभावना नरहेको उनको दाबी थियो ।

‘म राप्रपाको भलो चाहने मान्छे हुँ तर म राप्रपामा फर्किने छैन् । अबको मेरो एजेण्डा भनेको हिन्दुराष्ट्र, सुशासन र समृद्धी हो,’उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्