Logo

इंग्लिस प्रिमियर लिगः लिभरपुलको सहज जित



काठमाडौं, २८ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लेस्टर सिटीमाथि जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा लिभरपुलले सिटीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ३४औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।

साथै, खेलको ८७औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।

यस जितसँगै लिभरपुल २३ खेलमा ५१ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ ।

२६ अंक जोडेको लेस्टर १२औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot