Logo

युनिलिभर नेपालको खुद नाफा १३६.८१ प्रतिशतले बढ्यो



काठमाडौं, २८ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा युनिलिभर नेपालको खुद नाफा १३६.८१ प्रतिशतले बढेको छ ।

गत वर्ष सयै अवधिमा कम्पनीले १३ करोड १५ लाख रुपैयाँ मात्र नाफा कमाउकोमा यस अवधिसम्म ३१ करोड १४ लाख रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्म कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ६७ करोड ५ लाख रुपैयाँ रहेको छ । गत वर्ष यसै अवधिमा भने सञ्चालन आम्दानी १ अर्ब १७ करोड ६२ लाख रुपैयाँ थियो ।

यस्तै, अन्य आम्दानी पनि १ करोड ७३ लाख रुपैयाँबाट बढेर ३ करोड २६ लाख रुपैयाँ पुगेको छ । हाल युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ ।

कम्पनीको प्रतिसेय आम्दानी १ हजार २६७ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ २ हजार ९७२ रुपैयाँ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्