Logo

एमालेले सबै तहको निर्वाचनमा बहुमत ल्याउँछ, भाग्ने र उम्किने ठाउँ छ भने खोजे हुन्छ : ओली (भिडिओसहित)



काठमाडौं, २८ माघ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत जित्ने दाबी गरेका छन् । शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी केन्द्रीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘अब आउने निर्वाचनमा हामी बहुमत जित्छौं, के गर्लान् विचाराहरु ? म भन्दिन चाहन्छु–भाग्ने, उम्किने ठाउँ छ भने खोजे हुन्छ, संघीय र प्रदेशमा पनि हामीले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्नेछौं, यो गठबन्धन तोडेर होईन, गठबन्धन कायमै राखेर, गठबन्धनसँग लडेर हामी बहुमत प्राप्त गर्छौं भन्ने कुरा म अहिले नै भन्दिन चाहन्छु ।’ उनले आफूहरुले निर्वाचनबाट कसैलाई भाग्न पनि नदिने र निर्वाचनलाई बत्ती निभाएर जित्ने र मतपत्र च्यातेर जित्ने सपना नदेख्न र कल्पना नगर्न पनि चेतावनी दिएका छन् ।

उनले आफ्नो पार्टी देश, लोकतन्त्र र जनताको पक्षमा पहेरदारको रुपम खडा रहेको बताएका छन् । उनले प्रतिक्रियावादी शक्तिहरुले देशलाई पछाडि लैजान नसक्ने बताए । आज पार्टी मुख्यालय थापाथलीबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । आफूहरुले लिएको नीतिको कारण ०५४ को स्थानीय तहको निर्वाचनमा असाधारण सफलता हात पारेको पनि ओलीले सुनाए ।

उनले अहिलेको पाँच दलीय गठबन्धनमा निर्वाचन हुन नदिनेहरु रहेको आरोप लगाए । उनले भने,‘देशलाई प्रतिगमसम्मको अवस्थामा पुर्याउनेहरु अहिलेकै गठबन्धनमा छन् । चुनाव नचाहनेहरु पनि अहिलकेकै गठबन्धनमा छन् । त्यसका आधार तयार पार्नेहरु पनि यही गठबन्धनमा छन् । यो धन्दा उहाँहरुको, त्यो संयुक्त प्रयास आज पनि उहाँहरुको गठबन्धनकै रुपमा प्रकट भैरहेको छ ।’ ०५९ सालमा स्थानीय तहको रिक्तता, संसद्को रिक्तता, निर्वाचनको अभाव र लोकतन्त्रको मर्म सिध्याईएको र त्यसले मुलुकलाई प्रतिगमनसम्म पुर्याएको पनि ओलीले स्मरण गराए । उनले जनप्रतिनिधिविहीनताले विकास निर्माणका काम अवरुद्ध भएको पनि दाबी गरे ।

https://www.facebook.com/communistpartynepal/videos/341754957876177



प्रतिक्रिया दिनुहोस्